तिमी त पहिले नै विवाहित ? कम्बोडियाबाट वैदेशिक रोजगारीको शिलशिलामा आएकी चाम्पेयीको आशंकाले महेशको नैतिक धरातल डग्मगाउँछ ।
महेशः कसले भन्यो तिमीलाई मेरो विवाह भयो भनेर ? चाम्पेयी
चाम्पेयीः मैले सुनेकी ! अचेल मैले लिने श्वास पनि तिम्रै नामको हुन्छ । त्यही हावाले सुनायो केही कुराहरु तिम्रो बारेमा, महेश ।
महेश भीरको काँडेबारमा अल्झिन्छ, अनिश्चित । हावामा उडिरहेको तर काटिएको चंगा जस्तै ।
महेशः म तिमीलाई माया गर्छु, चाम्पेयी
मलाई त्यस्तो लाग्दैन भनेर मैले भनिन । चाम्पेयीले भनिन्
सामान्य कुरा हो, जसलाई माया गरिन्छ, ऊबाट पनि मायाको आशा अवश्य रहन्छ तरपनि इमान्दारिता, जिम्मेवारीपन अनि स्व स्फूर्त उत्साह पनि हुन आवश्यक छ मायामा । म गुलाव हुँ भने निश्वार्थ काँडाले माया गरोस् भन्ने आशा गर्दछु न कि भमराले जस्तो । म तिमीबाट मायाको आशा गर्छु कसैले टिप्न खोज्दा कमसेकम झकझकाउन सकौँ, कि यो फूल मेरो हो भनि ।
अनि हाम्रो भविष्य? महेशले प्रतिप्रश्न गर्छ
तिम्रो त थाहा छैन । म त ओइलाउने छु तिम्रो काखमा । यही हो- चाम्पेयीले जवाफ दिन्छिन् ।
म तिमीलाई माया गर्छु, यही नै हो सत्य । विवाहित भएको कुरालाई मोड्न खोज्छ महेश ।
चाम्पेयीः तिमी कुनै अर्को देशको, म पनि कुनै अर्कै देशको । हामी भेट भएको यो देश पनि अर्को कुनै देश ।
देशहरुको सीमाभन्दा परको हाम्रो मायाः महेश सम्झाउन खोज्छ ।
हो, ठीक भन्यौ महेश तिमीले, सीमाभन्दा परको हाम्रो माया । अवैधानिक, गैह्र् कानूनी
माया कसरी अवैधानिक अनि गैहकानूनी हुन्छ ? चाम्पेयीः महेशले सोध्छ
सबैको परिभाषा म कसरी दिऊँ तिमीलाई । यो गणितको सुत्रभन्दा भिन्न विषय हो । माया म प्रमाणित गर्न सक्दिन । केवल गर्न सक्छु - माया ।
म पनि त माया गर्छु तिमीलाई । अथाह माया । महेश ढाडस दिन खोज्छ
तिम्रो स्वास्नीभन्दा पनि धेरै ? चाम्पेयीले सोध्छे ।
महेश निरुत्तर हुन्छ । आकाश हेर्छ अनि भूई कोट्याउन थाल्छ, खुट्टाहरुले । मौनता छाउँछ ।
जाउँ, घर जाउँ । सबै गईसके । काम सकिएको पनि एक घण्टा नै भईसकेछ । भोली फेरि काममा फर्किनु पनि त छ चाम्पेयी । महेश विषयान्तर गर्न खोज्छ ।
साँझ ढलिसकेको थियो । घरतिर पाईला अघि बढ्न मानिरहेकै थिएन । पटक्कै मानेको थिएन, घर जान चाम्पेयीको मन ।
आइ लभ यू चाम्पेयी, महेश केही नम्र भएर आरुनो माया जताउन खोज्छ ।
तिमीले केही भनेनौ, तर पनि केही नभनि नै मेरा सबै प्रश्नहरुको जवाफ दियौ । म सम्पूर्ण त तृप्त भए अब, महेश । मेरो माया सागर भएर पनि केही फरक नहुने रहेछ ! तिमी अञ्जुली भैदिए पछि । हाम्रो माया केवल अञ्जुली भरि नै मात्र रहने भयो । तर पनि सागर जस्तै सदैव तिमीलाई माया गरि रहनेछु, अथाह अथाह महेश । चाम्पेयी केहि अधेँरो भावूक स्वरमा महेशलाई भन्छ ।
मैले झूट बोलेको छैन, चाम्पेयीः महेश भन्छ ।
तर सत्य पनि त बोलेनौ नि? चाम्पेयी प्रतिप्रश्न गर्छे
महेश फेरि निशब्द हुन्छ, निरुत्तर, निहत्था ।
जाउँ ! घर जाने भनेको नि? घर जाउँ, भोलि फेरि काममा फर्किनुपनि छ । अनि केही समयपछि सायद आ-आफ्नो देश पनि । आ-आफ्नो देशको नागरिकता बाकेर -सीमाभित्र । तिमी मलाई माया गर्छौ- थाहा छ मलाई । के को लागि ? थाहा थिएन । आज लाग्दैछ ती सबै कुराहरु सत्य हुन्, जसलाई म असत्य वा अर्धसत्य मान्थे । मान्छे हरु भन्थे पुरुषहरु माया गर्छन्- महिलालाई ! सुत्नको लागि । सायद यो सत्य नै थियो । तरपनि म तयार छु तिमीसँग सुत्नको लागि- केवल मायाको लागि । जाऊँ, घर जाऊँ । साँझ ढल्किसकेको थियो । निरुत्तर महेशलाई चाम्पेयीले घरजान आफ्नो हात दिन्छे ।
ईश्वर बलामी