-अभिनाश श्रेष्ठ
अन्धकार केही कोमल भएर तान्याको आङभरि टाँसिन आइपुगेको थियो जाडो रातको चिसो सिरेटोभैmँ । रात तान्याका आँखामा विलाप बनी तन्किँदो थियो ।
बाहिर दलिनमा झुन्डिएका सुनाखरीका पातहरुको छाया तान्याको आधा अनुहारको पाटो ढाकेर हल्लिरहेथ्यो । निकै रहस्यमय थियो समय । तान्याको यौवनजस्तै रन्थनिएको ब्रह्मपुत्र केही पर बालुवामा मुख गाडी केही ताल ओर्ली भित्रभित्रै उर्लिदै बगिरहेको देखिन्थ्यो ।